Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

तामाकोसी जलविद्युत् आयोजनाले ४ अर्बको बिजुली बेच्यो

तामाकोसी जलविद्युत् आयोजनाले ४ अर्बको बिजुली बेच्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०७९ मंगलवार • ०९:५८:१४ बजे
  • 910
    SHARES
  • तामाकोसी जलविद्युत् आयोजनाले ४ अर्बको बिजुली बेच्यो

    स्वदेशी लगानीमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सात महिनाको अवधिमा चार अर्ब रूपैयाँ बराबरको बिजुली उत्पादन गरेको छ।

    images

    आयोजनाले सो अवधिमा एक अर्ब युनिटभन्दा धेरै बिजुली उत्पादन गरेर नेपाल विद्युत् प्राधिकरणलाई बेचेको हो। आयोजनाले भदौ २५ गतेदेखि व्यापारिक बिजुली उत्पादन सुरु गरेको थियो।

    आयोजनाले चैत मसान्त अर्थात् सात महिनाको अवधिमा एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गर्दै चार अर्ब ३० करोड रूपैयाँ बराबरको बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बेच्न सफल भएको हो।

    अपर तामाकोसी हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख दिनेशजंग राणाले चालु आर्थिक वर्षको भदौ महिनाको अन्तिम सातादेखि आयोजनाले छ वटै युनिटबाट ४ सय ५६ मेगावाट बिजुली उत्पादन गर्दै आइरहेको बताए।

    ‘आयोजनाले गत भदौ महिनाको अन्तिम साता यता एक अर्ब ६ करोड युनिट बिजुली उत्पादन गरेर प्राधिकरणलाई बेच्यौ’, उनले भने– ‘प्राधिकरणले छोटो अवधिमा नै चार अर्ब रूपैयाँभन्दा धेरैको बिजुली उत्पादन गरेर प्राधिकरणलाई बेच्यौ’, उनले भने– ‘आयोजनासँग वार्षिक औसत २२ सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने क्षमता छ।’

    याे खबर नागरिक दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology