Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०७९ मंगलवार • १०:१२:०३ बजे
  • 685
    SHARES
  • पाकिस्तानमा श्रीलंकाली नागरिकको हत्यामा संलग्न ६ जनालाई मृत्युदण्ड

    पाकिस्तानमा इश निन्दा गरेको भन्दै एउटा भीडले एक श्रीलंकाली नागरिकको हत्या गरेको अभियोगमा ६ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

    images

    सियालकोट सहरका कारखाना प्रवन्धक ४८ वर्षीय प्रियंथा दियावदानगेलाई गत डिसेम्बरमा कुटपिट गरी हत्यापछि उनको शव जलाइएको थियो ।

    दोषी ठहर भएका ८८ जनामध्ये ९ जनालाई आजीवन कारावास र अन्यलाई दुईदेखि पाँच वर्षको जेल सजाय तोकिएको छ । सो घटनाले देशलाई स्तब्ध बनाएको थियो र निवर्तमान प्रधानमन्त्री इमरान खानले यसलाई ‘लज्जाको दिन’ भनेका थिए ।

    आक्रमणबारे सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा आक्रोशित भीडले दियावदानगेलाई उनको कार्यस्थलबाट घिसारेर कुटपिट गरी हत्या गरेको देख्न सकिन्छ ।

    उनको शव जनलाएपछि भीडमा धेरै मानिसहरूले सेल्फी लिइरहेका थिए । सो भिडियो अमानवीयको भएको पीडितकी श्रीमती निलुशी दिसानायकाले टिप्पणी गरेकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology