Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हवाई सम्झौता

सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी

सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • २०:३४:४२ बजे
  • 2.0K
    SHARES
  • सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी

    सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो ।

    images

    पर्यटन मन्त्रालयमा आज भएको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ती मुलुकसँग हवाई सम्झौताको प्रक्रियाअघि बढाउने निर्णय गरेको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले हाल ४० मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग यस्तो सम्झौता भएको थियो ।

    बैठकले यही भदौ १६ देखि नियमित उडान हुने हुँदा वायुसेवा कम्पनीले कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादर भन्दा बढी नलिनतर्फ सबै वायुसेवा कम्पनीसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीलाई सचेत गराउने पनि निर्णय गरेको छ ।

    त्यस्तै नेपाली स्वदेश फिर्तालगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाइएको छ । समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहनुभएको छ ।

    समितिलाई हवाई उडान भाडादर यात्रुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, होटल सङ्घलगायत सङ्घ संस्थासँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology