Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केपी ओली गठबन्धनको शक्तिबाट अत्तालिए : रामचन्द्र पौडेल

केपी ओली गठबन्धनको शक्तिबाट अत्तालिए : रामचन्द्र पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०७९ मंगलवार • १६:२४:१२ बजे
  • 721
    SHARES
  • केपी ओली गठबन्धनको शक्तिबाट अत्तालिए : रामचन्द्र पौडेल

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र व्यवस्था बचाउन वर्तमान सत्ता गठबन्धन बनेको भन्दै गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कापेको बताएका छन् ।

    images

    मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले अहिले नेपालको राजनीति असजिलो मोडबाट गुज्रिरहेको बताएका हुन् ।

    उनले लोकतन्त्रको लडाई बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने पनि बताए । ‘गठबन्धन सत्ताका लागि होइन व्यवस्थाका लागि हो ।

    शेरबहादुरलाई प्रम बनाउन होइन नेपालको परिवर्तन र अग्रगामी बाटोमा रुपान्तरण गर्न हो’, पौडेलले भने, ‘यो शक्ति देखेर केपी ओली थरथरी कापेका छन्, हतास अभिव्यक्ति दिन पुगेका छन् ।’

    उनले गठबन्धनको शक्तिबाट अत्तालिएर केपी ओली भ्रष्ट, प्रतिगामी र अवसरवादीको शरणमा पुगेको पनि पौडेलले बताए ।

    ‘यहि हप्तामा हेर्नुस् उनले कस्ता कस्ता तत्त्वसँग एयालइन्स गरे ? ’, पौडेलको भने ‘राजनीतिक स्थायित्वका लागि हामी सवै एकजुट हुन जरुरी छ ।’

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पौडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology