Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गठबन्धन दलबीच सहमतिः माओवादीलाई भरतपुर, पोखरा एकीकृत समाजवादीको भागमा

गठबन्धन दलबीच सहमतिः माओवादीलाई भरतपुर, पोखरा एकीकृत समाजवादीको भागमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०७९ मंगलवार • १८:२८:०७ बजे
  • 499
    SHARES
  • गठबन्धन दलबीच सहमतिः माओवादीलाई भरतपुर, पोखरा एकीकृत समाजवादीको भागमा

    सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् ।

    images

    आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो ।

    सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ ।

    यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेको छ ।

    भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो । आजको बैठकमा भने नेताहरु भागबण्डा मिलाउन सफल भएका हुन् ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन दलबीच सहमति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology