Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटी उपसचिब माओवादी केन्द्रमा प्रवेश

एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटी उपसचिब माओवादी केन्द्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ६, २०७९ मंगलवार • २०:१२:०१ बजे
  • 571
    SHARES
  • एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटी उपसचिब माओवादी केन्द्रमा प्रवेश

    म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ ।

    images

    २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिब भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका थिए । ।

    मंगलवार दरबाङमा आयोजित कार्यक्रममा केहि महिनायता नै पार्टीको राजनीतिमा सक्रिय वडा अध्यक्ष पुनलाई औपचारिक रुपमा माओवादीमा स्वागत गरिएको थियो ।

    नेपाली वडा २ रुम खबाङका युवा नेता हुनु । कार्यक्रममा पुन र नेपालीलाई माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गर्नुभएका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गरेका थिए ।

    मालिका गाउँपालिकाको विकास र परिवर्तनका लागि माओवादी र युवा नेता जुग्जालीको नेतृत्व आबश्यक देखेपछि पार्टीमा आबद्ध भएको वडा अध्यक्ष पुनले भने ।

    वडा नम्बर २ का प्रभाबशाली युवा नेताको रुपमा परिचित नेपालीले दलित समुदायले पनि राजनीतिमा अगुवाई गर्नुपर्छ भनेर आफु राजनीतिमा लागेको बताउँदै दलित समुदायको हक, हित र अधिकारको लागि संघर्ष गरेको माओवादी पार्टीमा आबद्ध हुँदा आफुलाई गौरवको महसुस भएको छ भने।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology