Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

राप्रपा नेपालग तालमेल गर्न एमालेको सर्कुलर

राप्रपा नेपालग तालमेल गर्न एमालेको सर्कुलर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०७९ बुधवार • १६:४२:५४ बजे
  • 685
    SHARES
  • राप्रपा नेपालग तालमेल गर्न एमालेको सर्कुलर

    नेकपा एमालेले सहमति गरेका तीन दलसँग चुनावी तालमेल गर्न तल्ला निकायलाई सर्कुलर जारी गरेको छ । उक्त सहमति कार्यान्वय गर्न एमालेले जिल्ला इन्चार्ज तथा अध्यक्षहरूलाई निर्देशन दिएको हो ।

    images

    एमाले महासचिव शंकर पोखरेलले मंगलबार तल्ला निकायलाई पत्र पठाउँदै राप्रपा नेपाल, परिवार दल र राष्ट्रिय जनमोर्चाको विद्रोही समूहसँग चुनावी तालमेल गर्न सर्कुलर जारी गरेका हुन् ।

    एमालेले स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको परिवार दल र चित्रबहादुर केसीसँग विद्रोह गरेको जनमोर्चासँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

    गत ३० चैतमा राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।

    महासचिव पोखरेलले जारी गरेको सर्कुलरमा प्रदेश, जिल्लाका कमिटीलाई आग्रह गर्नुका साथै पार्टीको प्रभाव र अवस्था हेरेर आ आफ्नो क्षेत्रमा आवश्यकताअनुसार सहमति कार्यान्वन गर्न निर्देशन दिइएको छ ।

    uml.jpg

     

  • सम्बन्धित विषय:

  • # एमालेको सर्कुलर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology