Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेपाल अहिले मात्रै विकास नभएको हो:ओली

नेपाल अहिले मात्रै विकास नभएको हो:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ७, २०७९ बुधवार • १७:०१:०८ बजे
  • 517
    SHARES
  • नेपाल अहिले मात्रै विकास नभएको हो:ओली

    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सद्भाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपाल सुखी नेपाल परिकल्पना पूरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन् ।

    images

    ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मेहनत नगर्ने बानी भए हटाउनु पर्ने बताए ।

    उनले भने, ‘नेपाल अर्थात हामी बसेको भूभागबाटै शैव सभ्याता सुरु भएको थियो । गीत, संगीत, कला, नृत्य यहीबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो ।

    नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिनमात्रै नसकेको हो । विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको हो ।

    औषधि उत्पादन, खगोलशास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्यन यहीबाट सुरु भएको हो । यसकारण त यस भूमिलाई ज्ञान भूमि, ध्यानभूमि, आविश्कार भूमिका रुपमा हाम्रा पूर्खाले अगाडि बढाएका थिए ।

    यो भूभाग र यहाँका मानिस आदिविद्धान थिए । तिनै पूर्खाको जिन हामीसँग छ ।’ यसकारण हामी हाम्रो देशलाई सहजै विकसित गराउन सक्ने उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology