Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमाले विश्वभर फैलिएको छ:ओली

एमाले विश्वभर फैलिएको छ:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०७९ बिहिवार • १४:३४:०८ बजे
  • 520
    SHARES
  • एमाले विश्वभर फैलिएको छ:ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको अगाडि चुनौती र व्यवधान पैदा गर्न खोजिएको टिप्पणी गरेका छन् ।

    images

    चुनौती र व्यवधानका बाबजुद आफूहरु इतिहासकै सबैभन्दा ठुलो संगठन बनेको र पार्टी (एमाले) विश्वभर फैलिएको ओलीको दाबी छ ।

    बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले त्यसको सामना गर्न एमाले तयार रहेको पनि बताए । एमाले इतिहासमा नै अहिले सबैभन्दा बढी संगठन विस्तार भएको ओलीको दबी छ । ओलीले एमालेको सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो अहिले जलिरहेको टिप्पणी गरे ।

    ओलीले हनुमानले सूर्य सिध्याउँछु भन्दा आफ्नो मुख जलेको उदाहरण दिँदै भने,“हनुमानले जस्तै यिनीहरुले पनि एमालेको सूर्य सिध्याउँछौँ भनेर खान खोजे तर उनीहरुकै थुतुनो अहिले जलिरहेको छ ।

    एक वर्षअघि यिनीहरु भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेका थिए तर मैले जनमत खण्डित भएकाले प्रतिनिधिसभा भंग गरेर पार्टी जोगाएँ ।”

    ओलीले आफूलाई प्रचण्ड–माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोपपत्र दर्ता गरी पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर त्यही अभियोगका आधारमा थुन्नेसम्मको षड्यन्त्र गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # एमाले विश्वभर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology