Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

निर्वाचनमा हामी बहुमत ल्याउँछौ,काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुन्छ : केपी ओली

निर्वाचनमा हामी बहुमत ल्याउँछौ,काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुन्छ : केपी ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ८, २०७९ बिहिवार • १४:४०:४९ बजे
  • 553
    SHARES
  • निर्वाचनमा हामी बहुमत ल्याउँछौ,काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने दावी गरेका छन् । केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभर एमालेको संगठन बलियो बनेकाले एमालेले बहुमत ल्याउने दावी गरेका हुन् । ‘अबको निर्वाचनमा हामी बहुमत ल्याउन सक्छौ ।

    images

    ७४ मा भएको निर्वाचनमा पनि हामी सरकारमा थिएनौ । तर परिणाम राम्रो ल्याएका थियौ’, अध्यक्ष ओलीले भने, ‘यसपटक तराईका जनताले एमालेलाई मात्रै स्वागत गर्छन् ।

    पहिलेको भन्दा स्थिति धेरै राम्रो छ । प्रवेश निषेध भएको प्रदेशमा एमालेले गढ बनाएको छ ।’ उनले नेता कार्यकर्ताहरूलाई सोही आत्मविश्वासका साथ अघि बढ्न निर्देशन दिँदै सत्ता गठबन्धन एकातिर र एमाले अर्कोतिर भएर घेर्न खोजेपनि सफल हुन नदिने बताए ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले अलच्छिन जति बोकेर हिँडेकाले समाप्त हुने बताएका छन् । बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेसले अहिले हाप्सिला बोकेर हिँडेकाले समाप्त हुने बताएका हुन् ।

    उनले एमाले गुणात्मक रुपमा अघि बढेको भन्दै विरोधीहरूको वुद्धि नै नभएको बताए । ‘हाम्रा विरोधीहरु रचनात्मक छैनन । यिनीहरुका बुद्धिले यिनीहरुलाई नै सिध्याउँछ’ओलीले प्रतिनिधिसभा विघटन सहि भएको र सोही कुरा बोकेर जनतामा जान निर्देशन दिँदै ओलीले भने, ‘नेपाली काँग्रेस पनि चुनौतीको शक्ति हुन्थ्यो तर राम्रो गर्यो ।

    काँग्रेस अब नीति, विचार, संगठन, व्यवहार ग्रह, दशा वास्तु कुनै हिसाबले पनि अब अलच्छिन जति बोकेर हिँडेको छ ।’ ओलीले भने, ‘कोही हाप्सिला जस्ता छन् । हाप्सिलै हाप्सिला काँध र खोकिलामा बोकेर हिँडेको छ । गठबन्धनसँगै यो पनि समाप्त भएर जाने भो ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology