Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०७९ शुक्रवार • ११:०६:२२ बजे
  • 571
    SHARES
  • दार्चुलामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

    दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

    images

    शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए ।

    झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ । प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ ।

    नेकपा (एमाले)का कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए ।

    विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले बताए । शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology