Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

किभको चिहान गृहमा एक हजार २० शव

किभको चिहान गृहमा एक हजार २० शव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०७९ शुक्रवार • १२:४८:२९ बजे
  • 640
    SHARES
  • किभको चिहान गृहमा एक हजार २० शव

    युक्रेनको राजधानी किभमा रहेको चिहान गृहमा एक हजार २० शव राखिएको सरकारी अधिकारीले बिहीबार जनाएका छन् ।

    images

    रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीले दाबी गरेका छन् । ‘ती शवहरू सडक तथा विभिन्न घरहरूबाट संकलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,’ एक अधिकारीले भने ।

    देशका अन्य ठाउँहरूमा पनि शवहरू छरिएको र संकलन गर्ने कार्य भइरहेको बताइएको छ । रुसले युक्रेनमाथि गत फेब्रुअरी २३ मा आक्रमण थालेपछि हजारौंको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएको दाबी गरिएको छ ।

    आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ । आक्रमण भएको सुरुका केही दिनमा चरण-चरणमा दुईपक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ ।

  • सम्बन्धित विषय:

  • # किभको चिहान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology