Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला

कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०७९ शुक्रवार • १२:५१:२१ बजे
  • 382
    SHARES
  • कम्युनिस्ट पार्टीको जुट र फुटको शृंखला

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदाखेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा.केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिइ सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहितप्रति असन्तुष्टि जनाएका थिए ।

    images

    सोही असन्तुष्टि अन्ततः चर्को मतभेदमा परिणत भएको थियो । मतभेदकै कारण हाल छिन्नभिन्न अवस्थामा कम्युनिस्ट पार्टीहरू छन् ।

    ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीका नेतृत्वमा देखिएको स्वेच्छचारिता, दक्षिणपन्थ प्रवृत्ति र कार्यशैलीगत मतभेद पार्टी छिन्नभिन्न हुनुको कारण हो ।

    हुन पनि स्थापना भएको ७३ वर्ष पूरा हुँदा कम्युनिस्ट पार्टीहरू अनेक नाममा दर्ता छन् । कोही सत्तामा घरिघरी पुग्छन् त कोही सानो आकारको पार्टीको रूपमा रहेर अस्तित्व मात्र बचाएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भने १० वैशाख २००६ मा भएको मानिन्छ । तर, स्थापना मितिमा पनि विवाद छ । जे होस्, नेकपा एमालेको अभिलेखअनुसार भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली क्रान्तिकारी विद्यार्थीहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा बसेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरेका हुन् ।

    संस्थापक महासचिव पुष्पलाल बनेका थिए ।

    डा.केसीको पुस्तकमा उल्लेख भएअनुसार ‘मार्क्सिस्ट स्टडी सेन्टर’मा आबद्ध डा.केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारी, मनमोहन अधिकारीलगायतलाई पुष्पलालले समावेश नगर्नु मतभेदको कारक रहेको थियो ।

    त्यसपछिको घटनाक्रम यस्तो छः

    १७ माघ २०१० मा काठमाडौँ र पाटनमा भएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी पार्टी महासचिवमा निर्वाचित तर चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा जाँदा डा। रायमाझीद्वारा पार्टी कब्जा ।


    पार्टी कब्जा गरेका केशरजंग र संस्थापक महासचिव पुष्पलाल पक्षबीच दुई लाइन संघर्ष सुरू ।


    १५–२५ जेठ २०१४ सम्म काठमाडौँमा दोस्रो महाधिवेशन हुँदा राजनीतिक प्रतिवेदन पुष्पलालको पारित तर नेतृत्वमा केशरजंग स्थापित । पुष्पलालका राजनीतिक कार्यक्रम अस्वीकृत ।


    दुई वर्षमा हुने महाधिवेशन ६ वर्षमा हुन थाल्यो ।


    १ पुस २०१७ मा प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको राजा महेन्द्रले अपदस्त गर्दा त्यसबारे पुष्पलाल र केशरजंगबीच भयो मतभेद । केशरजंगले राजाको कदमलाई ‘प्रगतिशील’भन्दा पुष्पलालले ‘सैनिक आतंक’ भनेका थिए ।


    भारतको दरभंगमा महेन्द्रको प्रत्यक्ष शासन सुरु भएकै बेला पार्टी विस्थापित बैठक बस्दा संसदीय व्यवस्थाको विरुद्धमा उभिए केशरजंग । ‘दक्षिणपन्थी अवसरवादी’को संज्ञा पुष्पलाल पक्षबाट पाए । संसद् पुनःस्थापनासँगै संयुक्त जनआन्दोलनको पक्षमा पुष्पलाल थिए । मोहनविक्रम सिंह संविधानसभाको निर्वाचको पक्षमा थिए । अन्नतः सिंहरको राजनीतिक प्रस्ताव पारित । केशरजंग र पुष्पलालबीच मतभेद झन चुलियो ।


    ४–१९ वैशाख २०१९ मा भएको तेस्रो महाधिवेशन हुँदा ‘अन्तरजोन सामञ्जस्य समिति’का सचिव तुलसीलाल अमात्यद्वारा राजनीतिक प्रतिवेदन पेस र महासचिवमा निर्वाचित । पुष्पलाल, तुलसीलाल र मोहनविक्रमबीच कार्यक्रमभन्दा नारामा विवाद । तुलसीलालले प्रतिवेदनमा ‘कुन बाटो ?’ लेख्दा पुष्पलालले ‘मुलबाटो’ लेखेका थिए । केशरजंग भने कारबाहीमा परिसकेका थिए ।
    कारबाहीमा पर्दा पनि २०२४ सालमा केशरजंग पक्षले पनि तेस्रो महाधिवेशन गरे । असन्तुष्ट पुष्पलालले पनि एक वर्षपछि २०२५ सालमा तेस्रो महाधिवेशन गरेर महासचिव बने ।


    जेलमा रहेका नेताहरूबाट ‘केन्द्रीय न्युक्लियस’ गठन ।


    ३० भदौदेखि ७ असोज २०३१ सम्म मोहनविक्रम पक्षले चौथो महाधिवेशन गरे । ५ वर्षपछि २०३६ मा शम्भुराम श्रेष्ठ र मोहनविक्रम पक्षबीच एकतापछि नेकपा गठन ।


    त्यसकै सेरोफेरोमा झापामा पूर्व कोशी प्रान्तीय कमिटीमा आबद्ध रहेकाहरूबाट ‘वर्गशत्रु खत्तम’ कारबाही प्रारम्भ ।


    २४ र २५ जेठ २०३२ मा झापा र मोरङका क्रान्तिकारीहरू मिलेर ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन ।


    १४ भदौ २०३४ मा कोअर्डिनेसन केन्द्रसँग मुक्तिमोर्चा, २६ भदौ २०३५ मा क्रान्तिकारी कम्युनिस्ट संगठन कमिटी गण्डकी र २७ मंसिर २०३५ मा दाङको सन्देश समूहबीच एकता ।


    कोअर्डिनेसन केन्द्र ११ पुस २०३५ पछि नेकपा माले गठन ।


    मोहनविक्रम पक्षबाट २०४० सालमा नेकपा (मसाल) गठन । सोही वर्ष निर्मल लामा पक्षबाट नेकपा (चौम) गठन ।


    १–१६ मंसिर २०४१ मा मसालको पाँचौं महाधिवेशन सम्पन्न । मोहन वैद्य कारबाहीमा परे । मोहनविक्रम निकट चित्रबहादुर केसीको राजनीतिक प्रतिवेदन पारित । वैद्य समूहबाट नेकपा (मसाल) नै गठन । सेक्टर काण्डपछि पुष्पकमल दाहाल महासचिव ।


    ९–१४ भदौ २०४६ सम्म सिरहामा भएको चौथो नै महाधिवेशनपछि मदन भण्डारी महासचिवमा निवाृचित । संयुक्त जनआन्दोलनका लागि संयुक्त वाममोर्चा गठन ।


    नेकपा माले, नेकपा मार्क्सवादी, नेमकिपा, नेकपा (बर्मा) नेकपा (अमात्य) र नेकपा (मानन्धर) पक्ष संयुक्त वाममोर्चामा सहभागी ।


    सिंह नेतृत्वको समूहबाट २०४७ सालमा डा.बाबुराम भट्टराई अलग । एकता केन्द्र गठन ।


    २२ पुस २०४७ नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता र नेकपा एमाले गठन ।


    एमालेमा नेकपा (अमात्य), नेकपा (माओवादी), नेकपा (मसाल), नेकपा (चौम), नेकपा (मानन्धर) नेकपा (बर्मा) र नेमकिपाका नेताहरू प्रवेश ।
    एमाले गठनपछि संसदीय प्रणालीमा प्रवेश । संसदीय प्रणालीप्रति फरक मत राख्ने मोहन वैद्य, प्रचण्ड, बाबुरामलगायत अन्नतः नेकपा माओवादी गठन गर्दै १ फागुन २०५२ देखि जनयुद्धमा सहभागी ।


    संसदीय प्रणालीमा रहेको नेकपा एमाले ११ फागुन २०५४ मा महाकाली सन्धीलाई लिएर नेता बामदेव गौतमले फुटाए । २०५६ को आम निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि २०५८ मा एमालेमा फर्किए ।


    ४ असार २०६९ तत्कालीन एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष मोहन वैद्य पक्ष अलग ।


    ७ मंसिर २०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एमाले फुट्यो । संघीयता, पहिचान र धर्मनिरपेक्षताको विरुद्धमा पार्टी उभिएको भन्दै राई नेतृत्वमा एउटा पक्ष अलग भएको हो ।


    ९ असोज २०७२ मा एकीकृत नेकपा माओवादीबाट उपाध्यक्ष डा.बाबुराम भट्टराई अलग ।


    २ भदौ २०७८ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट एमाले विभाजन ।

  • सम्बन्धित विषय:

  • # जुट र फुटको शृंखला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology