Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अव तीन तहको सरकारमा एमाले आउछ: केपी ओली

अव तीन तहको सरकारमा एमाले आउछ: केपी ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०७९ शुक्रवार • १९:१०:३० बजे
  • 880
    SHARES
  • अव तीन तहको सरकारमा एमाले आउछ: केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धनले भ्रम छरिरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा शुक्रबार ललितपुरमा एमालेले आयोजना गरेको नयाँ पार्टी कार्यालयको उद्घाटन, घोषणा पत्र सार्वजनिक तथा कम्युनिष्ट योद्धा सम्मान कार्यक्रममा ओलीले आफुले गरेका भ्रष्टाचार, अनियमितता लगाएतका कामहरुको दोष लगाएर एमालेलाई जनताबाट टाढा बनाउन गठबन्धन भ्रम छरिरहेको बताएका हुन् ।

    images

    उनले जति नै भ्रम फैलाएपनि अव तीन तहको सरकारमा एमाले आउने दावी गर्नुभयो । त्यस्तै ओलीले मुलुकमा बिकासको लहरलाई अघि बढाउनका लािग पनि तीनै तहको चुनावमा एमालेलाई जिताउनुपर्ने धारणा राखे । यसअघि आफु नेतृत्वको सरकारले सुरु गरेको बिकासका आयोजनाहरुलाई वर्तमान सरकारले अलपत्र पारेको उनले बताए ।

    उनले एमाले जनताको मनमा बसेको पार्टी भएको भन्दै एमालेको शक्तिलाई कमजोर नआक्न चेतावनी दिए । उनले ९१ सालमा स्थापना भएको प्रज्ञा परिषद्को उतराधिकारी पनि एमाले नै भएको बताए । उनले पवित्र मनका साथ देशभक्तीको भावना अनुरुप घोषणा पत्रमा उल्लेख बिषयलाई कार्यान्वयन गर्ने धारणा राखे ।

    एमालेले आफ्नो घोषणपत्रमा शिक्षा सुधारको विषयलाई प्राथमिकता दिएको छ । त्यस्तै स्वास्थ्य, खानेपानी र सरसफाइ, उर्जाको विषयलाई एमालेले घोषणापत्रमा समेटेको छ भने योजनाबद्ध सहरी विकास, विकसित पालिका, सुरक्षित आवास, औद्योगिककरण र आर्थिक वृद्धि, स्वदेशमै रोजगारी सम्मान कार्यक्रम लगायत विषय पनि घोषणापत्रमा उल्लेख छन् ।

    १७ बुँदे कार्यक्रमसहित चुनावी घोषणापत्रमा गठबन्धन दिशाहीन भएको र देशमा चौतर्फी संकट देखिएको भन्दै स्थानीय तह निर्वाचनमा एमालेको विकल्प नरहेको दाबी गरिएको छ ।

    एमालेले मुलुकका अधिकांश पालिकामा आफ्नातर्फबाट स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । एमालेको थापाथलस्थित केन्द्रीय कार्यालयपनि शुक्रबारबाटै ललितपुरको च्यासलको तुल्सीलाल स्मृति भवनमा स्थानान्तरण गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology