Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी केन्द्रद्वारा बेनी नगरपालिकाको मेयर र उपमेयर उम्मेदवार छनौट

माओवादी केन्द्रद्वारा बेनी नगरपालिकाको मेयर र उपमेयर उम्मेदवार छनौट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • ००:३६:४४ बजे
  • 541
    SHARES
  • माओवादी केन्द्रद्वारा बेनी नगरपालिकाको मेयर र उपमेयर उम्मेदवार छनौट

    नेकपा (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयर  पदका उम्मेदवार छनोट गरेको छ ।

    images

    जिल्ला समितिबाट गरेको सिफारिसको आधारमा शुक्रवार पार्टीको प्रदेश कमिटीको सचिबालयले उम्मेदवारहरुको छनौट गरेको हो ।

    माओवादी केन्द्रबाट बेनी नगरपालिकाको मेयरमा धनलाल जैसी र उपमेयरमा ज्योती लामिछाने पौडेल उम्मेदवार चयन हुनुभएको छ । बेनीको मेयरको उम्मेदवारमा माओवादीबाट जैसी संगै सेरबहादुर केसीको नाम समेत सिफारिस भएको थियो ।

    माओवादीबाट मेयर पदको उम्मेदवार बन्नुभएका बेनपा ३ भकिम्ली निवासी जैसी माओवादीको श्रम तथा वैदेशिक रोजगार विभागको केन्द्रिय सदस्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल केन्द्रिय मह व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ ।

    उपमेयरको उम्मेदवार चयन हुनुभएकी पौडेल अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँ गत चुनावमा उपमेयरमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । सहकारी र सामाजिक संघ संस्थामा सक्रीय बेनपा–७ कुरीलाखर्क निवासी पौडेल माओवादीमा युवा र महिला नेताको रुपमा स्थापित हुनुहुन्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology