Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मिटरब्याजी खोज्दै सप्तरीबाट धरान

मिटरब्याजी खोज्दै सप्तरीबाट धरान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • ०९:५५:५८ बजे
  • 793
    SHARES
  • मिटरब्याजी खोज्दै सप्तरीबाट धरान

    सप्तरीको खडक नगरपालिका–६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो। बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक-७ का रामदेव साहु तेलीकहाँ पुगे।

    images

    पासवानले तेलीबाट दोस्रोपटक पनि ऋण पाए। त्यसबापत पासवानले आफ्नो १६ कट्ठा १ धुर जग्गा तेलीका नाममा राजीनामा पास गरिदिए। तेली मिटर ब्याजमा ऋण लगाउने व्यक्ति हुन् ।

    पासवानले पहिलोपटकको कारोबार गर्दा इमानदारीपूर्वक नै पैसा चुक्ता गरेपछि तेलीले जग्गा पनि फिर्ता गरिदिएका थिए। पछिल्लोपटक भने पासवानले तेलीबाट धोका पाए।

    उनले ब्याजसहित १६ लाख ऋण चुक्ता गरे तर जग्गा फिर्ता पाएनन् । पासवानले सप्तरी प्रहरी प्रशासन, अदालतलाई गुहार्न थालेको एक वर्षभन्दा बढी समय बितिसक्यो तर अझै तेली फेला परेका छैनन् ।

    राजविराजबाट डेरा सर्दैसर्दै तेली पछिल्लो समय धरानमा आएको खबर सुनेका पीडित छेदीलालसहित सातजना शुक्रबार दोस्रोपटक धरान आए।

    यो खबर आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # मिटरब्याजी खोज्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology