Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोल्याण्डमा २९ लाख युक्रेनी शरणार्थी

पोल्याण्डमा २९ लाख युक्रेनी शरणार्थी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • १४:२५:१५ बजे
  • 652
    SHARES
  • पोल्याण्डमा २९ लाख युक्रेनी शरणार्थी

    युक्रेन युद्धका कारण २९ लाख युक्रेनीले देश छाडेर पोल्याण्ड पुगेका छन् । २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलापछि अहिलेसम्म यति ठूलो संख्याका युक्रेनी पोल्याण्ड पुगेका हुन् ।

    images

    पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको छ ।

    शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्ड शरण लिएका छन् । युद्ध भएपछि कुल ८ लाख २५ हजार युक्रेनी पोल्याण्डबाट युक्रेन पसेका छन् ।

    शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्याण्ड भागेका थिए । रुसले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ ।

    रुसले युक्रेनको पूर्वी बन्दरगाह शहर मारिओपोललाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology