Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

११ सय रुपैयाँले घट्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • १४:३२:३१ बजे
  • 826
    SHARES
  • ११ सय रुपैयाँले घट्यो सुनको मूल्य

    यो साता सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको भाउ ११ सय रुपैयाँले घटेको हो ।

    images

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख १५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

    जुन, शुक्रबारसम्म १५ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४०० रुपैयाँ छ । साताको आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार बढेको थियो ।

    यस्तै, मंगलबार ओरालो लागेर तोलामा १ लाख २ हजार १०० रुपैयाँ तथा बुधबार १ लाख ६०० रुपैयाँ तोकिएको थियो । जुन, बिहीबार प्रतितोला १ लाख ९०० रुपैयाँ कायम हुँदा शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    यसैगरी, यो साता चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ ।

    गत साताको शुक्रबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबार १३ सय ६० रुपैयाँमा आइपुगेको महासंघले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology