Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए हटाउन निर्वाचन आयोगको आग्रह

सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए हटाउन निर्वाचन आयोगको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • १७:५०:४९ बजे
  • 583
    SHARES
  • सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए हटाउन निर्वाचन आयोगको आग्रह

    निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पूर्ण रुपमा आचार संहिता पालना गर्न आग्रह गरेको छ ।

    images

    शनिवार (आज) निर्वाचन आयोगद्वारा अयाोजित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले जारी गरेको ६० बुँदे आचार संहिता पालना गर्न ध्यानाकर्षण गराएका हुन् । कुनै सार्वजनिक स्थानमा दलको झण्डा राखेको भए त्यसलाई हटाउन आग्रह उनले आग्रह गरेका छन् ।

    उम्मेदवार मनोनयन दर्ताका लागि जाँदा पनि ३ बाई ३ साइजको एउटा मात्र झण्डा प्रयोग गर्न उनको आग्रह छ ।

    यस्तै कुनै दलको झण्डा, चिन्ह भएको भेष्ट, टोपी, गम्छा नलगाउन र त्यस्ता चिन्ह अंकित झोला नबोक्न पनि आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । त्यस्ता सामग्री प्रयोग गरे कारवाहीमा पर्ने आयोगको भनाई छ ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोगको आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology