खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङ नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
गाउँपालिका अध्यक्षमा दोहोरिन चाहेका तामाङले टिकट नपाएपछि मन्थलीमा पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
जिल्ला इन्चार्ज देवशंकर पौडेल, पोलिटव्युरो सदस्य होम बहादुर बुढाथोकीलगायतका नेताहरुको उपस्थितिमा उनी नेकपा एसमा प्रवेश गरेका हुन् ।
एमालेले खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङलाई उम्मेदवार बनाउँदैछ । नेकपा एसले खाँडादेवीको अध्यक्षमा प्रेम तामाङलाई नै अघि सार्ने गरी पार्टी प्रवेश गराएको हो ।