Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी केन्द्र मंगलाको अध्यक्षमा दलित आन्दोलनको अगुवा नेता टेकबहादुर बिक उम्मेदवार

माओवादी केन्द्र मंगलाको अध्यक्षमा दलित आन्दोलनको अगुवा नेता टेकबहादुर बिक उम्मेदवार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १०, २०७९ शनिवार • १८:०२:२३ बजे
  • 1.8K
    SHARES
  • माओवादी केन्द्र  मंगलाको अध्यक्षमा दलित आन्दोलनको अगुवा नेता टेकबहादुर बिक उम्मेदवार

    । नेकपा (माओवादी केन्द्र)ले वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उम्मेदवार बनाउने भएको छ ।

    images

    अध्यक्षको उम्मेदवारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ ।

    जनयुद्धमा भूमिगत हुनुभएका विश्वकर्मा म्याग्दीको दलित आन्दोलनको अगुवा नेताका रुपमा स्थापित हुनुभएको छ । सिफारिस भएका मध्य विश्वकर्माको नाम अध्यक्षको उमेद्वारमा सर्वसम्मत सिफारिस भएको माओवादी केन्द्रको मंगला गाउँ कमिटिले जनाएको छ ।

    उपाध्यक्ष पदको उम्मेदवारमा सुकमायाँ रोका र सविना अधिकारीको नाम सिफारिस भएपनि छनौट भएको छैन् । मंगलाको पाँच वटै वडामा वडा अध्यक्षका उम्मेदवार भने सर्वसम्मत गरिएको छ ।

    वडा नम्बर १ मा पृथिलाल विक, २ वडामा कुलप्रसाद पुन, ३ वडामा याम बहादुर रोका, ४ वडामा मनमायाँ चोचाङ्गे, ५ वडामा अष्टमान घर्तिलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।

    मनमाया माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वार बन्ने एक्ली नेता हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समिति सदस्य मनमाया हाल मंगला गाउँपालिका वडा नम्बर ४ को बाहलवाला कार्यवाहक वडा अध्यक्ष हुनुहुन्छ ।

     

     

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology