Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेको तर्फबाट पोखराको मेयरको टिकट पाएका दिपकको सुन चोरेको भिडियो बाहिरिएपछि....

एमालेको तर्फबाट पोखराको मेयरको टिकट पाएका दिपकको सुन चोरेको भिडियो बाहिरिएपछि....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०७९ आइतवार • १४:५७:५४ बजे
  • 589
    SHARES
  • एमालेको तर्फबाट पोखराको मेयरको टिकट पाएका दिपकको  सुन चोरेको भिडियो बाहिरिएपछि....

    नेकपा (एमाले)को तर्फबाट पोखराको मेयरको टिकट पाएका दिपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औँठी चोरेको सिसिटिभी फुटेज बाहिरिएपछि आलोचित भएका हुन् ।

    images

    पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गरेका छन् ।

    उनीहरूले पार्टीबाट यसको स्पष्टीकरण खोजेका छन् भने उम्मेदवार फेर्नसमेत दबाब दिएका छन् । तर, मेयरका उम्मेदवार पौडेलले आफ्नो चरित्र हत्या गर्नका लागि भिडियो बाहिर ल्याएको प्रतिक्रिया दिएका छन् ।

    ‘यो भएकै थिएन । मेरो चरित्र हत्या गर्न भ्रामक कुरा बाहिर ल्याइयो,’ उनले भने, ‘यस्ता कुराको म खण्डनसमेत गर्दिनँ । गर्नपरे पार्टीले गर्छ । साथीहरू लागिरहनु भएको छ ।’

    उनले त्यस्तो घटना कहिलै नभएको दाबी गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology