Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कांग्रेसबाट माओवादीमा प्रवेश गरेको एक घन्टामै टिकट

कांग्रेसबाट माओवादीमा प्रवेश गरेको एक घन्टामै टिकट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ११, २०७९ आइतवार • १९:३४:२८ बजे
  • 631
    SHARES
  • कांग्रेसबाट माओवादीमा प्रवेश गरेको एक घन्टामै टिकट

    त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पामा नेकपा (माओवादी केन्द्र)बाट दिलबहादुर विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले कांग्रेस परित्याग गरेको एक घन्टाभित्र टिकट पाएका हुन् ।

    images

    नेता कार्यकर्ता र शुभचिन्तकसहित आइतबार निर्वाचन अधिकृतको कार्यालय त्रिपुरासुन्दरी नगरपालिका पुगेर नेता विष्टले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    शनिबार नेपाली कांग्रेस महासमिति सदस्य तथा साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका विष्टले आइतबार माओवादी केन्द्रमा प्रवेश गरेर मेयरको टिकट लिएका थिए ।

    नेता विष्टलाई माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल बिक, केन्द्रीय सदस्य काली चलाउने, प्रदेश सभा सदस्य वीरबहादुर शाहीलगायतले स्वागत गरेका हुन् ।

    पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता विष्टले कांग्रेस सामन्तवाद र पुँजीपति वर्गको पार्टीको भएको बताउँदै माओवादी सर्वहारा वर्गको पार्टी भएकाले सबैले सहयोग गर्न आह्वान गरे ।

    लामोसमय कांग्रेसमा रहेर विभिन्न कालखण्डमा पार्टीका लागि ठुलो त्याग गर्दै आए पनि अन्तिम अवस्थामा पार्टीले अन्तर्घात गरेपछि विकल्प रोज्न बाध्य भएको उनले बताए ।

    नेता विष्ट जनमत भएका प्रभावशाली नेताको रूपमा परिचित छन् । पहिलो स्थानीय तहको चुनावमा नगर प्रमुख पदमा झिनो मतान्तरले पराजय भोगेका विष्ट विगत २९ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । वि।सं। २०५२ सालमा कांग्रेस पार्टी सभापतिसमेत भएका थिए ।

    विष्टकी श्रीमती दिलमाया विष्ट पनि महिला संघ जिल्ला अध्यक्षबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेता कार्यकर्ताको दबाब भएकाले उम्मेदवारी दिनुका साथै आफ्नो जित सुनिश्चित भएको विष्टले दाबी गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology