Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारत र चीनबीच झडप

भारत र चीनबीच फेरि झडप : क्षतिको विवरण आउन बाँकी

भारत र चीनबीच फेरि झडप : क्षतिको विवरण आउन बाँकी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • १४:०३:५७ बजे
  • 2.5K
    SHARES
  • भारत र चीनबीच फेरि झडप : क्षतिको विवरण आउन बाँकी

    एजेन्सी । भारत र चीनबीचको सीमा क्षेत्रमा फेरि झडप भएको छ । पूर्वी लद्दाखमा गएराति झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले चिनियाँ सेनाको घुसपैठलाई भारतीय सेनाले रोकेको दावी गरेका छन् ।

    images
     

    सीमा क्षेत्रमा भएको सहमति चीनले उल्लंघन गरेको भन्दै भारतीय सेनाले चिनियाँ सैनिकलाई जवाफ दिने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, 'भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ ।’

    अगष्ट २९ र ३० गतेको राति झडप भएको थियो । झडपमा भएको क्षतिको अहिलेसम्म विवरण आउन सकेको छैन । झण्डै दुई महिनाअघि भएको झडपमा उच्च सैनिक अधिकारीसहित कम्तिमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

    भारतीय विदशेमन्त्री एस जयशंकरले भारत चीन सीमा विवाद सन् १९६२ पछि सबैभन्दा खराब अवस्थामा रहेको बताएका छन् । सीमा क्षेत्रमा भारतले सडक निर्माण गरेपछि पछिल्लो विवाद बल्झिएको हो । चीनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।   

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology