Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सिक्री काण्डका कारण दीपकबाट खोसियो टिकट

सिक्री काण्डका कारण दीपकबाट खोसियो टिकट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०७९ सोमवार • १०:३०:०३ बजे
  • 445
    SHARES
  • सिक्री काण्डका कारण दीपकबाट खोसियो टिकट

    नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरका दाबेदार दीपक पौडेललाई दिइएको टिकट फिर्ता गरेको छ । पार्टीले कृष्ण थापालाई मेयरको नयाँ उम्मेदवारका रुपमा अघि सारेको छ ।

    images

    आज (सोमबार) बिहान बसेको एमाले सचिवलाय बैठकले थापालाई टिकट दिने निर्णय गरेको हो । पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले यसअघि टिकट दिइएका पौडेलबाट उक्त टिकट फिर्ता लिने निर्णय गरेको हो ।

    सअघि शनिबार एमालेले पौडेललाई नै टिकट दिएको थियो । तर सिक्री काण्डमा मुछिएको भन्दै पौडेलको आलोचना भएपछि पार्टीले निर्णय फेरेको छ ।

    पौडेलको पुरानो भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना र विरोध भइरहेको छ । यसबाट पार्टीको छवि बिग्रने देखेर एमाले नेतृत्व तहबाटै निर्णय फेरिएको हो ।

    पौडेल गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलका हुन् । पृथ्वीसुब्बा स्वयं एमाले अध्यक्ष अाेली पक्षधर मानिन्छन् । थापा भने एमाले केन्द्रीय सदस्य खगराज अधिकारीकाे प्यानलका हुन् ।

    यी दुवै समूहबीचको टक्करले समेत निर्णयमा बदलाव आएको बताइन्छ । शनिबार नै एमालेले पोखरा महानगरपालिकाको उपमयेरमा भने मन्जु गुरुङलाई नै दोहोर्याउने निर्णय गरेको थियाे । 

  • सम्बन्धित विषय:

  • # सिक्री काण्डका कारण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology