Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी केन्द्र ठूलो दल बन्ने संकेत, गठबन्धनमै पायो सबै भन्दा धेरै सिट

माओवादी केन्द्र ठूलो दल बन्ने संकेत, गठबन्धनमै पायो सबै भन्दा धेरै सिट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०७९ सोमवार • १२:३४:५० बजे
  • 1.3K
    SHARES
  • माओवादी केन्द्र ठूलो दल बन्ने संकेत, गठबन्धनमै पायो सबै भन्दा धेरै सिट

    संसद र स्थानीय तहमा तेस्रो दलको हैसियतमा रहेको माओवादी केन्द्र यस पटकको स्थानीय तहको निर्वाचनमा कर्णालीमा पहिलो दल बन्ने देखिएको छ ।

    images

    गठबन्धनबीच धेरै जसो जिल्लामा भएको चुनावी तालमेलको सहमतिका क्रममा माओवादीले पाएको सिट काँग्रेसको भन्दा पनि बढी छ । रुकुम पश्चिम र सुर्खेत बाहेकको जिल्लामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ ।

    कणार्लीका विभिन्न जिल्लामा अहिले सम्म गरिएको भागबण्डा अनुसार माओवादीको भागमा प्रमुख उपप्रमुख गरी ५१, नेपाली काँग्रेसको भागमा ४७ र एकीकृत समाजवादीको भागमा २९ सिट परेको छ ।

    m1.JPG

    यहाँ जसपा र जनमोर्चा सामेल भएका छैनन् । अझ माओवादीले अघिल्लो पटक अत्याधिक जीत हासिल गरेको रुकुम पश्चिममा भाग बण्डा गर्दा माओवादीको भागमा बढी पर्ने संभावना छ भने सुर्खेतमा पनि माओवादीले केही हिस्सा पाउनेछ ।

    कुलमा कर्णालीमा माओवादी पहिलो, काँग्रेस दोस्रो र एसलाई तेस्रो पोजिसन हुने गरी भागवण्डा गरेको देखिएको छ । यी सबै तहमा गठबन्धनले सहमति अनुसार जिताउन सफल भएमा सो प्रदेशमा माओवादी पहिलो दल बन्ने संकेत देखिएको माओवादी केन्द्रका सो प्रदेशका नेताहरु बताउछन् ।

    अन्य प्रदेशको तुलनामा माओवादीको जनाधार र प्रभाव राम्रो रहेकाले पनि कर्णालीमा धेरै सिट लिन माओवादी सफल भएको देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology