Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेबाट काठमाडौँ मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

एमालेबाट काठमाडौँ मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०७९ सोमवार • १३:४८:४४ बजे
  • 568
    SHARES
  • एमालेबाट काठमाडौँ मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

    नेकपा (एमाले)बाट काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । काठमाडौँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    images

    उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    स्थापित काठमाडौँ महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् ।

    २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्वमेयर स्थापितलाई नै काठमाडौँ मेयरमा अघि सारेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology