Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

स्थानीय तह निर्वाचन मनोनयन दर्ता : साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी

स्थानीय तह निर्वाचन मनोनयन दर्ता : साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०७९ सोमवार • १४:५६:३४ बजे
  • 502
    SHARES
  • स्थानीय तह निर्वाचन मनोनयन दर्ता : साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी

    यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा हालसम्म १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका छन् ।

    images

    निर्वाचन आयोगका अनुसार सोमबार मध्यान्ह १२ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । आयोगले मनोनयन दर्ताको लागि आइतबार र सोमबार दुई दिन समय छुट्टयाएको थियो ।

    मनोनयन दर्ता गर्न सोमबार बेलुकी पाँच बजेसम्म पाइने छ । हालसम्म उम्मेदवारी दिनेमा प्रदेश १ मा २ हजार ९९२, मधेस प्रदेशमा ५ हजार ४९, बागमती प्रदेशमा २ हजार २७०, गण्डकी प्रदेशमा १ हजार ३९, लुम्बिनी प्रदेशमा ३ हजार ५३२, कर्णाली प्रदेशमा ६४९ र सुदुरपश्चिम प्रदेशमा १ हजार ३७ जना रहेका छन् ।

    हालसम्म परेका उम्मेदवारीमध्ये प्रमुखका लागि ७६८, अध्यक्षका लागि ६१४, उपप्रमुखको लागि ३८३, उपाध्यक्षका लागि ३३४, वडा अध्यक्षका लागि ४ हजार ४३९, महिला सदस्यका लागि २ हजार ५४१, दलित महिला सदस्यका लागि २ हजार ५९ र सदस्यका लागि ५ हजार ४३० रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology