Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

परीक्षण रोक्न भारतको चलखेल

किन रोकियो चिनियाँ भ्याक्सिनको परीक्षण ? चिनियाँ भ्याक्सिनको परीक्षण रोक्न भारतको चलखेल

किन रोकियो चिनियाँ भ्याक्सिनको परीक्षण ? चिनियाँ भ्याक्सिनको परीक्षण रोक्न भारतको चलखेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १५, २०७७ सोमवार • १४:०७:५१ बजे
  • 1.7K
    SHARES
  • किन रोकियो चिनियाँ भ्याक्सिनको परीक्षण ? चिनियाँ भ्याक्सिनको परीक्षण रोक्न भारतको चलखेल

    नेपालमा कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन परीक्षण रोकिएको छ । भारतको दबाबमा चिनियाँ भ्याक्सिनको परीक्षण रोकिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नागरिकखबरलाई जानकारी दिए ।

    images
     

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तत्कालका लागि भन्दै हिजो क्लिनिकल ट्रायलका सबै प्रक्रिया स्थगित गरेको थियो । तर, परिषद्का सचिव डा.प्रदीप ज्ञवालीले भने विभिन्न क्षेत्रका विज्ञको सुझावका आधारमा क्लिनिकल परीक्षण पर सार्ने निर्णय गरिएको बताए ।

    डा. ज्ञवालीले भने, 'क्लिनिकल ट्रायल सफल हुन्छ भन्ने छैन । थप विस्तृत अध्ययन र विश्लेषणपछि मात्र खोप परीक्षण हुन सक्छ भन्ने विज्ञको सुझावलाई ध्यान दिएर तत्कालका लागि प्रक्रिया स्थगित गरिएको हो । प्रारम्भिक चरणका अनुसन्धानमा सहभागिता जनाउनका लागि हामीले पहल गर्नेछौँ ।'

    नेपालमा चीन, अक्सफोर्ड विश्वविद्यालय र रसियाले आफ्नो देशमा उपत्पादन गरेका भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्ने इच्छा व्यक्त गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने जिम्मेवारी परिषद्लाई दिएको थियो ।

     

    चिनियाँ भ्याक्सिनको परीक्षण रोक्नका लागि भारतले काठमाडौंमा चलखेल गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दावी गरेका छन् । उनले भनेका छन्, 'भारतले आफ्नो भ्याक्सिन परीक्षण गर्नेगरी उच्च राजनीतिक नेतृत्वमा दबाब दिएर यस्तो निर्णय भएको हो । भारतको भ्याक्सिनको परीक्षण नेपालमा गर्ने नीति अनुसार नै यहाँ राजनीतिक चलखेल भयो । यो राम्रो भएन ।'

    दुई दिनअघि भने परिषद्ले विभिन्न सञ्चारमाध्यममार्फत चिनियाँ भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्ने प्रक्रिया अगाडि बढेको जनाएको थियो । तर, आश्चर्यजनक तरिकाले हिजो परिषद्ले भ्याक्सिन परीक्षण नगर्ने निर्णय गरेको छ ।

    चिनियाँ दूतावास निकट एक विज्ञले नागरिकखबरसँग भने, 'भ्याक्सिन परीक्षणका लागि सबै प्रक्रिया अगाडि बढेको थियो । दक्षिण एसियाका धेरै देशले परीक्षण गरेको र सफल हुँदै गएको यो भ्याक्सिनको परीक्षण नगर्ने निर्णय भारतीय दबाबमा भएको हो । मन्त्रीदेखि छोराहरुसम्म प्रयोग भएका छन् । भारतीय राजदूतावासको दबाबमा नेपालमा एकाएक निर्णय गरियो । दुई दिनअघिसम्म परीक्षणको प्रक्रिया अगाडि बढाउने र दुई दिनपछि किन स्थगित गरियो ? यो प्रश्नको जवाफ परिषद्सँग सोध्नुस् ।'

    चिनियाँ भ्याक्सिनको परीक्षण अहिले दक्षिण एसियाका बंगलादेश, श्रीलंका, पाकिस्तानमा पनि भइरहेको छ । रसिया, ब्राजिल, युएईलगायतका देशले पनि यो भ्याक्सिन परीक्षण गरिरहेका छन् । भारतले भने अक्सफोर्डको भ्याक्सिन परीक्षण गरिरहेको छ । आफूले उत्पादन गर्ने भ्याक्सिन पनि प्रारम्भिक चरणको परीक्षण गरिरहेको भारतले नेपालमा प्रारम्भिक चरणको परीक्षण गर्न पहल थालेको छ ।

    भ्याक्सिनको मात्र नभएर यहाँ औषधि, पिसिआर परीक्षण तथा ठेक्कापट्टामासमेत चलखेल भइरहेको विज्ञको दाबी छ । एक चिकित्सक भन्छन्, 'विभिन्न प्रकारका औषधि बेच्नेहरुले यहाँ कोरोना रोक्न पहल गर्नेलाई प्रभावमा पारे । भारतीय राजदूतको संक्रयताले त्यसलाई मद्दत गर्यो । कमिसनले देश बर्बाद नै भयो । कोरोनाको भयावह अबको एक महिलापछि आउँदैछ । भारतीय भ्याक्सिन परीक्षणका लागि त्यसै अनुसारको मापदण्ड बनाएर काम गर्न थालिएको छ ।'

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology