Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गठबन्धनभित्र एकअर्कालाई पेलिने व्यवहार छैन : माओवादी केन्द्र

गठबन्धनभित्र एकअर्कालाई पेलिने व्यवहार छैन : माओवादी केन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०७९ सोमवार • १७:५४:३१ बजे
  • 823
    SHARES
  • गठबन्धनभित्र एकअर्कालाई पेलिने व्यवहार छैन : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले सत्तारुढ दलभित्र एकअर्कालाई पेल्ने कार्य नभएको बताएको छ ।

    images

    माओवादी केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनभित्र एकअर्कालाई पेल्ने कार्य नभएको भन्दै कहीँकतै कसले सामान्य अनुभूतिमात्र गरिएको बताए ।

    माओवादी केन्द्र र कांग्रेसले गठबन्धनका नेकपा (एकीकृत समाजवादी), जसपा, राष्ट्रिय जनमोर्चाले पेल्ने गरेको भन्ने विषयमा पत्रकारले सोधेको प्रश्नको जबाफ दिँदै प्रवक्ता महराले नियोजित रुपमा कहीँ पनि कुनै पनि एक दलले अर्को दललाई पेल्ने कार्य नभएको दाबी गरे ।

    ‘कसैले पेल्ने भन्ने कुरा नै आउँदैन,’ उनले भने, ‘कहीँ माओवादीले पेल्यो भन्ने छ । कतै माओवादी नै पेलानमा पर्‍यो भन्ने छ । यो कसैले सामान्य अनुभूति गरेको कुरा । तर, कहीँ कतै एक पार्टीले अर्कोलाई पेलेको छैन ।’

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology