Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

अपडेट : हालसम्म ६० हजार ९५० जनाको उम्मेदवारी

अपडेट : हालसम्म ६० हजार ९५० जनाको उम्मेदवारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १२, २०७९ सोमवार • १९:४४:११ बजे
  • 439
    SHARES
  • अपडेट : हालसम्म ६० हजार ९५० जनाको उम्मेदवारी

    निर्वाचन आयोगले निर्धारण गरेको समय सीमाभन्दा ढिलो गरी मनोनयन दर्ता भइरहेको छ ।

    images

    आयोग​ले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको थियो । तर आयोगले तोकेको समयभन्दा ढिलो गरी पनि मनोनयन दर्ता भइरहेको छ ।

    आयोगका अनुसार साँढे ६ बजेसम्म ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट ६० हजार ९५० जनाले उम्मेदवारी दर्ताको जनाएको छ ।

    आयोगका अनुसार हालसम्म प्रमुख पदमा १९१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १९४४ जनाले दर्ता गराएका छन् ।

    यसैगरी उपप्रमुख पदमा ११७३ तथा उपाध्यक्ष पदमा १३१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा १५ हजार २८५ जना, महिला सदस्य पदमा ९८९१, महिला दलित सदस्य पदमा ८६९४ र सदस्य पदमा २० हजार ७३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology