डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार साना निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।
पश्चिम रुकुमको मुसिकोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भागबण्डा
पश्चिम रुकुमको मुसिकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डा भएको छ ।
मुसिकोट नगरपालिका मेयर माओवादी केन्द्र र उपमेयर एकीकृत समाजवादीले पाउने गरी भागबण्डा भएको हो ।
माओवादी केन्द्रबाट मेयरमा बसन्त शर्मा र उपमेयरमा एकीकृत समाजवादीका बिमलकुमार पुनले उम्मेदवारी दर्ता गरेका छन्।
शर्मा र पुनले संयुक्तरुपमा उम्मेदवारी दर्ता गराएका हुन्। मेयर र उपमेयर माओवादीले उम्मेदवार बनाउने भनिएपनि अन्तिममा समाजवादीलाई समेटिएको हो। यसअघि यस नगरपालिका मेयर र उपमेयर दुबै माओवादी केन्द्रले जितेको थियो।