Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कांग्रेस–माओवादी र जसपा–एकीकृत समाजवादीको अलग गठबन्धन

कांग्रेस–माओवादी र जसपा–एकीकृत समाजवादीको अलग गठबन्धन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १३, २०७९ मंगलवार • १०:१३:५४ बजे
  • 799
    SHARES
  • कांग्रेस–माओवादी र जसपा–एकीकृत समाजवादीको अलग गठबन्धन

    खोटाङको रावाबेँसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा चार–चार जनाले मनोनयन दर्ता गराएका छन् ।

    images

    कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा माओवादी केन्द्रबाट उपाध्यक्षमा लिलानारायण श्रेष्ठ, एमालेबाट अध्यक्षमा हरिकुमार पोखेल र उपाध्यक्षमा कौशिलाकुमारी गुरुङ, जसपाबाट अध्यक्षमा मोहनकुमार गुरुङ र उपाध्यक्षमा झुमा नेपालको उम्मेदवारी दर्ता भएको छ ।

    राप्रपाबाट अध्यक्षमा भक्तबहादुर गुरुङ र नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्षमा बिनोद राईको उम्मेदवारी परेको निर्वाचन अधिकृत लालबहादुर कार्कीले बताए ।

    सो गाउँपालिकामा कुल १०८ जनाको मनोनयन दर्ता भएको छ । रावाबेँसीमा जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति छ ।

    १६ वैशाखभित्र छलफल गरेर जसपाबाट उपाध्यक्षकी उम्मेदवार बनेकी नेपाललाई मनोनयन फिर्ता गराउन लगाएर एकीकृत समाजवादीका राईलाई उपाध्यक्ष छाड्ने तयारी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology