Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कांग्रेस घोषणापत्र बकवास र पागलहरूको प्रलाप हो : ओली

कांग्रेस घोषणापत्र बकवास र पागलहरूको प्रलाप हो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १३, २०७९ मंगलवार • १२:४२:२६ बजे
  • 601
    SHARES
  • कांग्रेस घोषणापत्र बकवास र पागलहरूको प्रलाप हो  : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रप्रति  टिप्पणी गरेका छन् ।

    images

    मंगलबार मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् ।

    ‘नेपाली कांग्रेसले चुनावी घोषणा पत्र भनेर अहिले जुन प्रकाशित गरेको छ, त्यो कुनै राजनीतिक दस्तावेज होइन,’ उनको टिप्पणी छ, ‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन ।

    पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’ ओलीले घोषणा पत्रमा दर्जनौं ठाउँमा आफ्नो नाम किटेरै तथानाम गाली गरिएको दाबी गरे । उनको भनाइ छ, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ ।

    त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन । त्यसमा राजनीतिक विश्लेषण नै छैन, केही पनि छैन ।’ घोषणा पत्रमा एमालेले गरेको विकासलाई कांग्रेसले ‘उत्ताउलो विकास’ भनेकोमा पनि ओलीले विरोध जनाए ।

    गठबन्धनकै अर्को दल एकीकृत समाजवादीप्रति पनि कटाक्ष गरे। ‘फाटोवादी, चोइटोवादीले आफ्नो नाम एकीकृत समाजवादी राखेको छ,’ ओलीले भने, ‘प्रतिक्रियावादी, प्रतिगामीको पुच्छरले आफूलाई समाजवादी भनेको छ।’

    ओलीले एमालेको डरले पाँचदलीय गठबन्धन गरेको समेत टिप्पणी गरे। ‘गठबन्धन तानाशाहीहरुको गुट हो, ’ उनले भने, ‘उनीहरुको एकताको सूत्र एउटै हो, नेकपा एमाले छ । नेकपा एमालेतिर पुलुक्क हेरेपछि गुर्र कुदेर एकै ठाउँमा आउँछन् ।’

    ओलीले थपे, ‘यो पाँच दलीय गठबन्धन भनेको माउका पखेटामुनि चल्ला पसेजस्तै हो । एमालेका डरले कांग्रेसका पखेटामा पसेका छन् । यो एकताको आधार न सैद्दान्तिक, न वैचारिक हो ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology