Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

म्याग्दीको मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता

म्याग्दीको मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १३, २०७९ मंगलवार • १३:१३:४५ बजे
  • 682
    SHARES
  • म्याग्दीको मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता

    स्थानीय तह निर्वाचन अन्तरगत बैशाख ११ र १२ गते उम्मेद्वारी दर्ता भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको २७ पदका लागि १०५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    images

    निर्वाचन अधिकृत धर्मराज पौडेलले अध्यक्षमा ६ जना, उपाध्यक्षमा ७ जना, वडाअध्यक्षमा २० जना र सदस्यमा ७२ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।

    गाउँपालिका अध्यक्षमा एमालेबाट सतप्रसाद रोका, कांग्रेसबाट विरेन्द्र बुढाथोकी, माओवादी केन्द्रबाट टेकबहादुर बिक, राप्रपाका योगेन्द्रमान शेरचन, नेशनल मंगोल अर्गनाईजेशनका गिरु रोका र नेकपा एकीकृत समाजबादीका रुद्रबहादुर किसानले उम्मेद्वारी दर्ता गर्नुभएको छ ।

    उपाध्यक्षमा एमालेबाट प्रेमकुमारी क्षेत्री, नेपाली कांग्रेसका शर्मिला थापा, माओवादी केन्द्रका सुकमाया रोका, नेकपा एकीकृत समाजबादीका कल्पना सापकोटा, नेशनल मंगोल अर्गनाईजेशनका भूमि घर्तिमगर र स्वतन्त्र उम्मेदवार टंकप्रसाद बुढाथोकीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology