Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने तीन जना माओवादीबाट निष्काशित

गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने तीन जना माओवादीबाट निष्काशित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १३, २०७९ मंगलवार • १७:३६:५४ बजे
  • 601
    SHARES
  • गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिने तीन जना माओवादीबाट निष्काशित

    पाँच दलीय सत्ता गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दिनेलाई नेकपा माओवादी केन्द्र भोजपुरले कारबाही गरेको छ ।

    images

    गठबन्धन तथा पार्टी नीति, निर्णय र निर्देशनविरुद्ध उम्मेदवारी दिने तीन जनालाई माओवादी केन्द्र भोजपुरले पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्काशन गरेकाे हो ।

    नेकपा माओवादी केन्द्र भोजपुरको संयोजक नगेन्द्र भुजेल (शैलेन्द्र)का अनुसार भोजपुर नगरपालिका-११ का आम्तेक मोहनसेन राई, षडानन्द नगरपालिका-९ का शेखर तामाङ र षडानन्द नगरपालिका-१३ का ओम कुमार श्रेष्ठलाई माओवादी केन्द्रले कारबाही गरेको हो ।

    संयोजक शैलेन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ- वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रतिगमन विरोधी गठवन्धन दल तथा पार्टी नीति, निर्णय र निर्देशन विपरीत अनुशासन उलङ्घन गर्दै गठवन्धन भन्दा बाहिरी दलको चुनाव चिन्ह लिई मनोनयन दर्ता गरेको हुँदा नेकपा (माओवादी केन्द्र)को साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट निष्कासन गरी कारवाही गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # माओवादीबाट निष्काशित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology