Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रोल्पाका १० मध्ये ३ स्थानीय तहमा गठबन्धन

रोल्पाका १० मध्ये ३ स्थानीय तहमा गठबन्धन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०७९ बुधवार • १०:५७:०९ बजे
  • 409
    SHARES
  • रोल्पाका १० मध्ये ३ स्थानीय तहमा गठबन्धन

    १० स्थानीय तह रहेको रोल्पाका तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको छ । गठबन्धन हुने स्थानीय तहहरु सुनछहरी, माडी र गंगादेव गाउँपालिका रहेका छन् ।

    images

    रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका नेता पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन रहेको छ । तीन दलीय गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उमेदवारी दिएका छन् ।

    ७ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले ३÷३ र स्वतन्त्रले १ वडामा उम्मेदवारी दिएका छन् । जिल्लाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेस बीच चुनावी तालमेल भएको छ । नेकपा एमालेबाट अध्यक्ष पदमा विजय घर्तीमगरले उमेदवारी दिएका छन् ।

    नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा कृष्ण विकको उमेदवारी परेको छ । ६ वडा रहेको सो गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसले ३÷३ वडाको वडाध्यक्षमा उमेदवारी दिएका छन् । रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच गठबन्धन भएको छ ।

    गठबन्धनका लागि भएको सहमति अनुसार गाउँपालिका अध्यक्ष सहित सबै वडाध्यक्ष र २६ वटा वडा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

    नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष सहित २ जना वडा सदस्य पाएको छ । सहमती अनुसार नेकपा माओवादी केन्द्रले अध्यक्षमा वीरवहादुर खत्रीले उमेदवारी दिएका छन भने नेकपा एकीकृत समाजवादीले गाउँपालिका उपाध्यक्षमा नेपबहादुर डाँगीलाई उमेदवार वनाएको छ ।

    जिल्लाका रोल्पा नगरपालिका, सुनिलस्मृती गाउँपालिका, थवाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, गंगादेव गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा भने गठबन्धन हुन सकेन ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तहमा गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology