Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विप्लवको पार्टी फुट्यो, कार्बाहीको घोषणा गरिएपछि ओली बास्तोलाले नयाँ पार्टी घोषणा गर्दै

विप्लवको पार्टी फुट्यो, कार्बाहीको घोषणा गरिएपछि ओली बास्तोलाले नयाँ पार्टी घोषणा गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०७९ बुधवार • १३:२२:१९ बजे
  • 727
    SHARES
  • विप्लवको पार्टी फुट्यो, कार्बाहीको घोषणा गरिएपछि ओली बास्तोलाले नयाँ पार्टी घोषणा गर्दै

    एकीकृत जनक्रान्ति गर्ने भन्दै नयाँ पार्टी बनाएर केही समय हिंसात्मक गतिविधि गरेर एक दर्जन मानिसको ज्यान लिएको विप्लव पार्टी विभाजित भएको छ ।

    images

    विप्लवले पार्टी भित्र अल्पमतमा पर्दा पनि निर्णय विपरीत धमाधम आफैले निर्देशन दिएर केन्द्रीय नेताहरुलाई नै निर्वाचनमा भाग लिन उम्मेद्धार बनाउदै पठाएपछि असहमति राख्दै आएका हेमन्त ओली र धर्मेन्द्र बास्तोलालाई उनैले आज पार्टीबाट निष्कासित गरेका छन् ।

    यो निष्कासनसँगै ओली र वास्तोलाले भेला गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् । विप्लवले वक्तव्यमा दुई नेताले नाङगो गुटबन्दी गरेको, पार्टी निर्णय विपरीत अराजक गतिविधि गरेको जस्ता आरोप लगाएका छन् ।

    बास्तोलाले हिजो मात्रै विज्ञप्ति जारी गरी उम्मेद्धारी दर्ता गरेका केन्द्रीय सदस्य र जिल्ला पदाधीकारीलाई उम्मेद्धारी फिर्ता लिन अपील गरेका थिए ।

    ओली र वास्तोलाले एक दर्जन बढी केन्द्रीय सदस्य समेत अन्य नेताहरु लिएर नयाँ पार्टी बनाउने तयारी थालेका छन् । ओली र बास्तोलाले आफू पक्षीय नेता कार्यकर्ताहरुसँग् भेटघाट र छलफल जारी राखेको र पार्टी घोषणा गर्ने अन्तिम तयारी भएको एक नेताले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology