Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुचीलाई थप पाँच वर्ष जेल सजाय

सुचीलाई थप पाँच वर्ष जेल सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०७९ बुधवार • १४:१४:२४ बजे
  • 601
    SHARES
  • सुचीलाई थप पाँच वर्ष जेल सजाय

    म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुचीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ ।

    images

    ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुचीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो । यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ ।

    गत डिसेम्बरमा सुचीलाई कोभिड प्रतिबन्ध उल्लंघन गरेको मुद्दामा र जनवरीमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।

    सुनुवाइका क्रममा अदालतमा पत्रकारहरूलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सुचीका वकिलहरूलाई सञ्चारकर्मीसँग बोल्न पनि रोक लगाइएको थियो ।

    गत वर्ष फेब्रुअरीमा सैन्य कुमार्फत सत्ताच्युत भएपछि सरकारले सुचीमाथि दर्जनौँ फौजदारी अभियोग लगाएको छ । उनीमाथिका अभियोग पुष्टि भएमा सुची वर्षौँसम्म जेलमा बस्नुपर्ने छ ।

    आफूमाथिका सबै आरोपहरूको सुचीले अस्वीकार गरेकी छन् । त्यस्तै, अदालतको सुनुवाइ निष्पक्ष नभएको अधिकारकर्मीहरूको भनाइ छ । अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छन् ।

  • सम्बन्धित विषय:

  • # पाँच वर्ष जेल सजाय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology