Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

को हुन्– गोदावरी नगरपालिका–३ का वडाध्यक्ष उम्मेदवार राज घिमिरे ?

को हुन्– गोदावरी नगरपालिका–३ का वडाध्यक्ष उम्मेदवार राज घिमिरे ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०७९ बुधवार • १७:२२:०५ बजे
  • 1.1K
    SHARES
  • को हुन्– गोदावरी नगरपालिका–३ का वडाध्यक्ष उम्मेदवार राज घिमिरे ?

    रामहरि कार्की
    ललितपुर । कुनै ताका नायक बनेर फिल्मी क्षेत्र तताएका राज घिमिरेको पछिल्लो परिचय हो– समाजसेवी र राजनीतिककर्मी । समाजसेवाको बाटो हुँदै राजनीतिक यात्रा तय गरेका गोदावरीका घिमिरेको पछिल्लो नविन यात्रा हो– वडाध्यक्ष बन्ने । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनी गोदावरी नगरपालिका वडा ३ मा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्षको उम्मेदवार बनेका छन् । 

    images

    १२ वर्षदेखि गोदावरी क्षेत्रमा सामाजिक काम गर्दै आएका घिमिरेले जनताको माग अनुसार वडाध्यक्ष बन्ने इच्छा राखेका हुन् । आफूले सामाजिक क्षेत्रमा गरेका काम देखेरै पार्टीले आफूलाई अघि सारेको उनको भनाई छ । ‘मैले गोदावरी क्षेत्रमा लामो समय काम गरे, समाजसेवीको रुपमा लामो समय खटिएकोले पनि पार्टीले मुल्यांकन गरेको छ,’ उनले सुनाए, ‘आफूले जहाँ सेवा गरिन्छ र दुःख भोगिन्छ त्यो ठाउँमा नेतृत्व गर्र्ने इन्छा हुने रहेछ ।’

    फिल्मी क्षेत्र छाडेपछि उनले समाजसेवालाई सधैं मुलधारमा राखे । व्यक्तिगत जीवन छाडेर उनी लामो समयदेखि गोदावरीका स्थानीयको सेवा तल्लीन रहँदै आएका छन् । 

    जिरोदेखि हिरोसम्म


    सालतिरको कुरा हो, घिमिरे २०५५ सालमा डालोमा दालमोट बदाम बेच्न हिड्थे । सित्तैमा ट्युसन पढाउथे, खेताला जानेलगायत अनेकन दुःख भोगेका छन् उनी । उनले किट्नी कलेजमा प्लस टु गरेका थिए । त्यतिबेला पढाई शुल्क बुझाउने रकम नभएर आमाको तिलरी र खड्खुलो बेचेका थिए । ‘१८ सयमा तिलरी र खड्खुलो बेचेर पढेको हुँ,’ उनले सुनाए, ‘त्यति गरेर पनि पढाइमा ‘टप’ भएको थिएँ ।’ घरको आर्थिक अवस्था निकै नाजुक भएकाले पनि उनी प्लस टु भन्दा माथिको शिक्षा हासिल गर्न पाएनन् । पढाइ छाडेपछी उनी फिल्मी क्षेत्र र पाटन क्षेत्रमा ट्युसन पढाउने काम गर्थे । त्यहीँ शिलशीलामा फिल्मी क्षेत्रमा काम गर्न अवसर पाएपछि उनले बाटो मोडेका थिए ।

    हिरोबाट समाजसेवी 


    राज घिमिरेको पछिल्लो परिचय हो– समाजसेवी । समाजलाई सपार्ने र सम्मुन्त सपना बोकेर हिडेका छन् अहिले उनी । कोरोनाकालमा आफूले भोगेको दुःख बिर्सेर गरिबलाई सहयोगमा खटेका छन् । गोदावरी क्षेत्रमा सोलार बत्ती बाल्ने, सडक बनाउन पहल गर्ने, स्थानीयलाई प्रशासनिक कार्यमा झन्झट भएको थाहा पाए तुरुन्त गएर काम छिटो सकाउने पहल गरिदिने, बन्द सडक खुलाउन पहल गर्ने, किसानका समस्या हल गर्न पहल गर्ने, उपचार गर्न नसक्नेलाई आर्थिक सहयोग गर्नेलगायत थुपै कार्य गर्दै आइरहेका छन् । 

    कोरोनाकालमा दुःखीका सारथी बने


    घिमिरे आपत्विपद्का बेला आफ्नो घरको काम छाडेरै जनताको घरदैलो पुगेर सहयोग गर्नमा दौडिए । कोरोना संक्रमणपछि सरकारले लकडाउन गरेको बेला उनले समाजमा ठूलो गुन लगाए । गरिब र असहायलाई खानेकुरा मात्रै दिएनन् आफ्नो कारलाई जनताको राहत सामग्री बोक्ने साधन बनाए ।

    अहिले कोरोना संक्रमण करिब नियन्त्रणमा आइसकेको छ । तर कोरोना संक्रमण सुरु भएको करिब दुई वर्ष घिमिरेले कारको बाहिरपट्टी माइक झुन्डाएर माइकिङ गर्दै हिडे । कोरोना सचेतनाको सन्देश बाड्दै लगनखेलदेखि उनी गोदावरी नगरपालिका र बागमती गाउँपालिकाका विकट ठाउँहरुमा पुगे । दाल चामल, सेनिटाइजर, मास्क, औषधिलगायत सामग्री वितरण गरे । 

    विपन्नलाई राहत प्याकेज नछुट्याउँदा उनीहरुलाई दैनिकी गुर्जान असहज भइरहेकोले आफू गाउँ गाउँ पुगेको उनको भनाई छ । उनले करिब १५० बोरा चामल, दश हजार पीस मास्क, दस कार्टुन साबुन, सेनिटाइजरलगायत सामग्री वितरण गरे । 

    संसारभर फैलिएको कोरोना भाइरसको भयले सबैजना घरभित्रै क्वारेन्टाइनमा बसेको बेला उनी राहत वितरणमा दौडिएका थिए । मनकारी सोचका नायक घिमिरे अहिले त्रासबीच गाउँगाउँमा राहत सामग्री बाड्दै हिडेका थिए । ‘घरभित्र आनन्दले बस्न पनि सक्थेंँ होला, तर विपन्नको बारेमा कस्ले सोच्ने, राजनीतिक दलको मात्रै कति आशा गर्नु, यस्तोेबेला परोपकारी काम गर्न सक्नुपर्छ,’ उनले सुनाए । 

    उनी गोदावरी नगरपालिकाका १ देखि ४, १०, १३ र १४ वडामा कोरोना संक्रमणको बेला निकै खटिए । ललितपुरको दक्षिणी भेगमा पर्ने भट्टेडाँडा र छपेली क्षेत्रमा समेत पुगेर राहत सामग्री बाँडे ।  उनी समाजकै भलो र सेवाको निम्ति वडाध्यक्ष बन्न लागेको बताए । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology