Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कोन्ज्योसोम गाउँपालिका गठबन्धनले जित्ने सुनिश्चित

कोन्ज्योसोम गाउँपालिका गठबन्धनले जित्ने सुनिश्चित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०७९ बुधवार • १७:२४:५९ बजे
  • 664
    SHARES
  • कोन्ज्योसोम गाउँपालिका गठबन्धनले जित्ने सुनिश्चित

    सूर्य सुवेदी
    ललितपुर । कोन्ज्योसोम गाउँपालिका ललितपुर जिल्लाको कर्णाली भनेर चिनिने बिकट स्थानमा भएको गाउँपालिका हो । यो गाउँ पालिकामा जम्मा ५ वटा वडाहरु छन । गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यो गाउँपालिकाको अध्यक्ष ,उपाध्यक्ष सहित तीन वटा वडा नेकपा (माओवादी केन्द्र) ले जितेको थियो भने  दुई वटा वडा नेपाली काङ्ग्रेसले जितेको थियो  । २०७४ मा यस पालिकामा नेकपा एमालेले शुन्य नतिजामा चित्त बुझाउनु परेको थियो ।

    images

    २०७४ को नतिजा 

    स्थानीय तहको निर्वाचन २०७४ मा कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका गोपिलाल सिंतानले १ हजार ७ सय ९८ मत ल्याई पालिका अध्यक्षमा बाजि मारेका थिए । सो निर्वाचनमा काङ्ग्रेसको तर्फबाट उमेदवार बनेका राजनप्रसाद घिमिरेले १ हजार ७सय ३२ मत प्राप्त गरेका थिए भने नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको उम्मेदवार रहेका कृष्णमान लामाले १ हजार ४ सय ७८ मत प्राप्त गरेका थिए । त्यसै गरि उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मिङमा लामा १ हजार ९ सय ३३ मत ल्याई निर्वाचित भइन् भने काङ्ग्रेसका उम्मेदवार लक्ष्मी लोप्चन १ हजार ४ सय ४५ मत र एमाले उमेदवार सुस्मिता घिमिरेले १ हजार ४सय५७ मत प्राप्त गरेकी थिइन् ।

    वडाको अबस्था


    २०७४ को स्थानीय निर्वाचनमा यो पालिकाको पाँच मध्ये तीन वटा वडा माओवादी केन्द्रका उम्मेदवारहरुले जितेका थिए । वडा नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार सन्तलाल लामा ३ सय ४३ मत ल्याई बिजय हुदा काङ्ग्रेस उमेदवार चित्रराज थिङले १ सय ३५ मत र एमाले उम्मेदवार तेजबहादुर लामाले  २ सय ४२ मत प्राप्त गरेका थिए ।

    यस्तै वडा नम्बर दुईमा माओवादी उम्मेदवार ध्रुवप्रसाद घिमिरे ४ सय ७० मत ल्याई बिजय हुदा काङ्ग्रेसका अमर लामा ३ सय ९ र एमाले उमेदवार कबिन्द्र कुमार लामाले ४ सय ३२ मत प्राप्त गरेका थिए  ।

    वडा नम्बर ३ मा काङ्ग्रेस उम्मेदवार तिलकबहादुर भोम्जन ३ सय ७२ मत ल्याई विजयी हुँदा माओवादी उमेदवार उद्धव प्रसाद घिमिरे १ सय ३५ मत, एमाले उम्मेदवार रामशरण मगरले ३ सय ८ मत पाएका थिए ।

    यसैगरी यो पालिकाको वडा नम्बर ४ मा काङ्ग्रेस उमेदवार तिर्थबहादुर घलान ३ सय ७२ मत ल्याई विजयी हुदा माओवादी उमेदवार कबेल घलान २ सय ९० र एमाले उम्मेदवार गणेश बहादुर घलानले १ सय ८९ मत प्राप्त गरेका थिए । 

    वडा नम्बर ५ मा माओवादीले उम्मेदवार सुबिन्द्र तमाङ ६ सय ३४ मत ल्याई विजयी हुदा काङ्ग्रेस उमेदवार दिपक तमाङले २ सय ४४ मत र एमाले उम्मेदवार सानुकान्छा लामाले २ सय ११ मत प्राप्त गरेका थिए ।


    २०७९ को कोन्ज्योसोम


    स्थानीय निर्वाचन २०७९ मा आइपुग्दा यो पालिकामा मतको लेखाजोखा धेरै फेरिएको छ । दुई ठुला दल काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) सहित पाँच दलिय गठबन्धन यो पालिकामा भएको छ। 

    यो पालिकामा गठबन्धनका तर्फबाट कुनै वागि उमेदवार रहेका छैनन् । अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिंतानलाई गठबन्धनले  टिकट दिएको  छ भने उपाध्यक्षमा काङ्ग्रेसका राजन प्रसाद घिमिरेले गठबन्धन तर्फबाट टिकट पाएका छन । घिमिरे २०७४ को निर्वाचनमा गोपिलाल सिंतानसँग अध्यक्षमा प्रतिस्पर्धामा थिए ।

    २०७४ को मत परिणाम र माओवादी र काङ्ग्रेसले पाएको मत जोड्दा ३ हजार ५ सय ३० हुन आउछ । यसमा एमाले त्यो समय पाएको १ हजार ४ सय ७८ मत  घटाउदा गोपिलाल सिंतान २ हजार ५२ मत भन्दा बढि मतले निर्वाचित देखिन्छ भने उपाध्यक्ष राजन प्रसाद घिमिरे १ हजार ९सय २० मत भन्दा धेरै मतले निर्वाचित देखिन्छ । २०७४ को मत अनुसार वडा नम्बर १ मा गठबन्धन उमेदवार २सय ३६ ,वडा नम्बर दुईमा ३ सय ४७, वडा नम्बर तिनमा २ सय ९२ ,वडा नम्बर चारमा ६ सय ६६ र वडा नम्बर ५ मा ६ सय ६७ मतान्तरले जित्नेछन।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology