Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

जीतपुुरसिमरामा एमाले वडाध्यक्षको उम्मेदवारी खारेज 

जीतपुुरसिमरामा एमाले वडाध्यक्षको उम्मेदवारी खारेज 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०७९ बुधवार • १७:५४:५४ बजे
  • 730
    SHARES
  • जीतपुुरसिमरामा एमाले वडाध्यक्षको उम्मेदवारी खारेज 

    रञ्जन यादव
    बारा, १४ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका एमालेको एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। उपमहानगरको वडा नं. ९ मा नेकपा एमालेबाट वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका भुदेव चौधरीको मनोनयन दर्ता खारेज भएको हो।

    images


    चौधरीको नाम समानुपातिक सूचीमा रहेको र त्यसबाट नाम नहटाइएकोले दोहोरो उम्मेद्वारी दिन नमिल्ने भएकाले मनोनयन खारेज भएको हो। 


    जीतपुरसिमरा उपमहानगरपालिकाका मुख्य निर्वाचन अधिकृत टिकामणि न्यौपानेका अनुसार उहाँको नाम निर्वाचन आयोगको सिस्टमले लिँदै नलिएर रिजेक्ट गरेपछि चौधरीको नाम खारेज गर्नुपरेको हो। बाराका भुदेव चौधरीको नाम समानुपातिक सूचीको ६९ औँ क्रमसंख्यामा रहेको बताइएको छ। 


    यता नेकपा एमालेका नगरअध्यक्ष एवं उपमेयरका उम्मेदवार भोला अधिकारीले पनि पार्टीले पठाएको नामावली सूचीमा सबै ठिक रहेको तर निर्वाचन आयोगको अभिलेखमा नाम रहेको हुनाले प्राविधिक त्रुटिका कारण त्यसो भएको बताउनु भयो। 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology