Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छ:गगन थापा

केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छ:गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १४, २०७९ बुधवार • १९:३४:३८ बजे
  • 874
    SHARES
  • केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनै पर्ने भएको छ:गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ट्युसन पढाउने भएका छन् । ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आइडिया चोरेको आरोप लगाएपछि त्यसको जबाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन बढाउने बताएका हुन् ।

    images

    स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार थापाले बालकोट नै पुगेर समृद्धि र समुन्नतिका विषयमा ट्युसन बढाउने बताएका हुन् ।

    ‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु ।

    एउटा विषयमा त पढाउनै पर्ने भएको छ,’ उनले भने । ओलीलाई लजिक नभइ म्याजिक मन पर्ने उनले बताए । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी पनि गरे ।

    ओलीको समृद्धिको आइडियामा अहंकारको भ्युटावर रहेको बताउँदै थापाले भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्युटावर छ । त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ ।

    त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष केपी ओलीले मुखमा अंगार भएकाहरूले कालै बोल्ने बताएका छन् ।

    स्थानीय तह निर्वाचनको घोषणापत्रबारे गरेको टिप्पणीप्रति लक्षित गर्दै थापाले मुखमा अँगार हुनेले कालै बोल्ने गरेको बताए । स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बुधबार महामन्त्री थापाले झुटको पर्दाफास गरेकोमा सन्किएको बताए ।

    ‘जसको मुखमा अँगार छ, उसले ओकल्ने कालै हो । केपी ओलीले को कोलाई पागल भन्नुहुन्छ, केपी ओलीले झुट बोल्नुहन्छ, कोही आँट भएर तपाई झुट बोल्दै हुनुहुन्छ भन्नुभयो भने सनक्क सन्केर पागल भन्नुहुन्छ,’ थापाले भने । केपी ओलीलाई रिस उठ्यो भन्दैमा आफूले झुटको पर्दाफास गर्न नछोड्ने बताए ।

    ‘अब केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छोड्नेवाला छैन्,’ उनले भने, ‘उहाँको झुटोलाई ठिक हो भन्ने पनि भएन, कालोलाई सेतो भन्ने कुरा पनि भएन ।’ थापाले ओलीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह गरे । सधैँ झुटको पर्दाफास गर्दै हिँड्ने भन्दै त्यस्तो अवस्था बढी सन्कियो भने शरीरलाई असर पर्ने थापाको टिप्पणी छ ।

    ‘उहाँलाई एउटा एडभाइस के हो भने बुढा बा धेरै सनक्क सन्किने गर्दा कहिलेकाहीँ शरीरलाई अप्ठ्यारो गर्ला । शरीरको ख्याल गर्नुहोला यो भन्दा धेरै भन्नु छैन,’ थापाले भने । ओलीलाई लजिक नभइ म्याजिक मन पर्ने थापाको आरोप छ । आफूले बनाएको घोषणापत्रमा लजिकको कुरा भएको दाबी गरे ।

    ओलीले आफ्नो आइडियो चोरेको आरोप लगाएको भन्दै थापाले भने, ‘मेरो आइडियो चोर्‍यो भन्नुभएको छ । मलाई पनि अहिले दौडधूप छ । उहाँलाई पनि चुनाव लागेर दौडधूप चलिरहेको छ । अलिकति भ्याएको बेलामा म बालकोटै गएर ट्युसन पढाउनेछु । एउटा विषयमा त पढाउनै पर्ने भएको छ ।’

    ओलीको समृद्धिको आइडियामा अहंकारको भ्युटावर रहेको बताउँदै उनले भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्युटावर छ । त्यो अहंकारको भ्युटावरबाट तल हेर्दा मान्छेहरू गान्टेमान्टे देखिन्छन् । हाम्रो समुन्नतिको आइडियामा तल भ्युटावरमुनि भएका गान्टेमान्टेहरूको जीवनको दुःख छ । त्यो दुःखलाई कसरी हल गर्ने भन्ने त्यसको समाधान छ ।’

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology