Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेपाली काँग्रेस विचार शून्य,कुहिराको काग हो:ओली

नेपाली काँग्रेस विचार शून्य,कुहिराको काग हो:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०७९ बिहिवार • २२:१८:१४ बजे
  • 649
    SHARES
  • नेपाली काँग्रेस विचार शून्य,कुहिराको काग हो:ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले ट्युसन क्लास चलाउँछु भन्नेलाई भाइबहिनीहरू मिलाइदिउँला भन्दै कटाक्ष गरेका छन् । बुधबार ‘बालकोटमा गएर ओलीलाई ट्युसन पढाउँछु’ भन्ने थापालाई ओलीले यस्तो जवाफ फर्काएका हुन् ।

    images

    ‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको बिरुद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौँ ।

    कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरू थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरुस्ँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन । तर हामी वहस गर्न तयार छौँ’, बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने ।

    उनले नेपाली काँग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताए । ‘नेपाली काँग्रेस विचार शून्य, गन्तव्यहीन, विचारको हिसावले कुहिराको काग हो ।

    कुहिराका कागको उद्देश्य भनेको पेट भर्ने हो । नेकपा एमाले कसैका छोरी,बुहारी काँधमा बोकेर हिँडेको पार्टी होइन, नातावादी कृपावादी पार्टी होइन । कसैले महिला उम्मेदवार दिएँ भन्छ होला श्रीमती उठाउँदा महिला त परिहाल्छ नि । छोरी उठाएपछि महिला त परिहाल्छ नि ।’ उनले भने ।

    अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्तित्व रक्षा गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # कुहिराको काग हो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology