Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यातायात विकास प्राधिकरण बनाउन सम्भव छ : प्रचण्ड

यातायात विकास प्राधिकरण बनाउन सम्भव छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०७९ शुक्रवार • १०:०७:४५ बजे
  • 601
    SHARES
  • यातायात विकास प्राधिकरण बनाउन सम्भव छ : प्रचण्ड

    सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले मुलुकमा यातायात क्षेत्रको समस्या समाधान गर्न यातायात विकास प्राधिकरण आवश्यक भएको बताएका छन् ।

    images

    यातायात मन्त्रालय छुट्टै बनाउने हैसियत मुलुकको नरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,“यातायात विकास प्राधिकरण बनाउन सम्भव छ, त्यसले यातायात क्षेत्रका तमाम समस्याप्रति राज्यको ध्यान केन्द्रित गराउन सक्छ ।”

    गएको चैतमा सम्पन्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदस्थापन कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राधिकरण बनाउने सन्दर्भमा गठबन्धन दलको ध्यानाकर्षण गराउन आफ्नो पूरै ध्यान र शक्ति लगाउने विश्वास पनि दिलाए ।

    अध्यक्ष प्रचण्डले गाडीको अवधि २० वर्ष तोकिनु वैज्ञानिक नभएको जिकिर गर्दै भने,“गाडीको अवस्था हेरेर निर्णय गर्नुपर्छ, गाडीको उमेर हेरेर होइन ।” उक्त विषयमा नीतिगत निर्णय गरेर मात्रै नपुग्ने त्यसको कार्यान्वयनको तहमा लैजानका लागि मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशित गर्नुपर्ने भएकाले शुक्रबार बिहान बस्ने गठबन्धन बैठकमा आफूले ठोस प्रस्ताव लैजाने पनि जानकारी दिए ।

    उनले दुर्घटना बीमाको समस्याबाट सहमति बनाउने विषय र राज्यले तोकेभन्दा बढी रकम नतिर्नेलगायतका यावत विषयमा पार्टीका नेताहरु सहभागी हुनेगरी अन्तरक्रिया कार्यक्रम आयोजना गरी ठोस प्रस्तावमाथि छलफल गर्नुपर्ने आवश्यकता औँल्याए । यातायात व्यवसायी, मजदुर र राज्यबीच त्रिकोणात्मक सम्बन्ध नभइ यस क्षेत्रको समस्या समाधान हुन नसक्ने पनि उनले बताए ।

    लाखौँ नेपालीलाई रोजगार प्रदान गरेको र खर्बौँ लगानी भएको यातायात क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याउने गरे पनि राज्यबाट संरक्षण, सुधार र सम्वर्द्धनका निम्ति हुनुपर्ने जति काम नभएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # यातायात विकास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology