Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बागीलाई काँग्रेसको चेतावनी : उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित

बागीलाई काँग्रेसको चेतावनी : उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०७९ शुक्रवार • १०:१०:४० बजे
  • 652
    SHARES
  • बागीलाई काँग्रेसको चेतावनी : उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित

    नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता आग्रह गरेको छ ।

    images

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।

    निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । उक्त समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए ।

    ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology