Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

प्रमुख\अध्यक्षमा कसको कति उम्मेदवार ?

प्रमुख\अध्यक्षमा कसको कति उम्मेदवार ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०७९ शुक्रवार • १०:१६:५१ बजे
  • 649
    SHARES
  • प्रमुख\अध्यक्षमा कसको कति उम्मेदवार ?

    ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबैभन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ ।

    images

    निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेदवारको मनोनयनको बिहीबार राति प्राप्त सूचीअनुसार ७ सय ५३ स्थानीय तहमध्ये नेकपा एमालेले ७ सय ३८ पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको छ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले भने ६ सय ४६ पालिकामा मात्रै प्रमुख पदमा उम्मेदवारी दिएको छ ।

    आयोगको सूचीअनुसार कांग्रेसले १ सय ७ पालिका प्रमुख र एमालेले १५ पालिकामा प्रमुख पदमा उम्मेदवारी दिएको छैन ।

    एमालेका तर्फबाट स्थानीय तहको प्रमुखमा २ सय ९१ जनाको उम्मेदवारी पर्दा उपप्रमुख पदमा २ सय ८६ जनाको उम्मेदवारी परेको छ ।

    यसैगरी, कांग्रेसकोतर्फबाट परेको उम्मेदवारीको सूचीअनुसार स्थानीय तहको प्रमुख पदमा २ सय ६५ र उपप्रमुखमा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट २ सय १८ जनाको उम्मेदवारी परेको छ ।

    यस्तै, पालिका अध्यक्षमा एमालेका तर्फबाट ४ सय ४७ र उपाध्यक्षमा एमालेको ४ सय ४५ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै, कांग्रेसकातर्फबाट भने पालिका अध्यक्षमा ३ सय ८१ र उपाध्यक्षमा ३ सय ६० जनाको उम्मेदवारी परेको छ ।

    एमाले
    कुल पालिका प्रमुख ७३८
    प्रमुख २९१
    अध्यक्ष ४४७
    वडाध्यक्ष ६५२२

    नेपाली कांग्रेस
    कुल पालिका प्रमुख ६४६
    प्रमुख २६५
    अध्यक्ष ३८१
    वडाध्यक्ष ६१४०

    यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

  • सम्बन्धित विषय:

  • # कसको कति उम्मेदवार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology