Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बाँकेको डुडुवामा चुनाव प्रचारमा एमालेले बालबालिकाको प्रयोग, मानवअधिकारवादी संस्थाले जनायो आपत्ति

बाँकेको डुडुवामा चुनाव प्रचारमा एमालेले बालबालिकाको प्रयोग, मानवअधिकारवादी संस्थाले जनायो आपत्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०७९ शुक्रवार • १२:२६:०२ बजे
  • 517
    SHARES
  • बाँकेको डुडुवामा चुनाव प्रचारमा एमालेले बालबालिकाको प्रयोग, मानवअधिकारवादी संस्थाले जनायो आपत्ति

    बाँके । स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा नेकपा एमालेले बालबालिकाहरुको प्रयोग गरेको पाइएको छ। बाँकेको डुडुवा गाउँपालिकामा बालबालिकाहरुलाई चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको भेटिएको हो।

    images


    बाँकेको डुडुवा गाउँपालिकामा गत बुधबार अनुगमनका क्रममा बालबालिकाहरुलाई निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरिरहेको भेटिएको मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप)का केन्द्रीय अध्यक्ष आलम खानले बताउनु भयो।


    ‘बालबालिकाहरुलाई एमालेको झण्डा र चुनाव चिन्ह बोकाएर गाउँमा चुनाव प्रचार गर्न हिडाएको अवस्था देखियो’, खानले भन्नुभयो, ‘त्यहाँ १० देखि १४÷१५ वर्षसम्मका बालबालिकाहरु झण्डा बोकेर हिडिरहेका थिए।’


    बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सङ्गठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुसमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।


    यसलाई बालबालिकाविरुद्ध कसुरको रूपमा व्यवस्था गरिएको र यदी कोही कसैले सो कसुर गरेमा दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिवाना र तीन वर्ष कैदको व्यवस्था गरिएको छ ।


    हुरीपपद्वारा आपत्ति


    यसैबीच मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप) का केन्द्रीय अध्यक्ष आलम खानले स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएकोमा आपत्ति जनाउनु भएको छ।


    आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे अनुुगमन गरिरहेको संस्था हुरीपपका अध्यक्ष खानले बाँकेको डुडुवा गाँउपालिकामा नेकपा एमालेले चुनाव प्रचार प्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको पाइएकोले तत्काल रोक्नुपर्ने अपिल गर्नुभएको छ ।


    बाँकेको डुडुवामा बुधबार मानव अधिकारवादी संस्था हुरीपपले अनुगमन गर्दा चुनावी प्रचार प्रसारमा एमालेले बालबालिकाको प्रयोग गरीरहेको पाइएकोले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न नगराउन अपिल गरेको छ ।


    १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने र गाँउपालिकाका विद्यालयमा आमसभा लगायत चुनावी कार्यक्रम गर्ने सम्भावना भएकाले यस विषयमा गम्भीर भएर त्यस्ता गतिविधिलाई रोक्नुपर्ने अध्यक्ष खानले माग गर्नुभयो ।


    अध्यक्ष खानले गाउँ–गाउँमा मतदाता शिक्षा प्रभावकारी रुपमा सञ्चालन नहुँदा मत बदर हुने सम्भावना बढ्न सक्नेप्रति चिन्ता व्यक्त गर्दै उहाँले मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन कार्यालय बाँकेलाई सुझाव समेत दिनुभयो ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology