Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

काँग्रेसले बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई निष्कासन गर्ने

काँग्रेसले बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई निष्कासन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०७९ शुक्रवार • १४:२०:३० बजे
  • 832
    SHARES
  • काँग्रेसले बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई निष्कासन गर्ने

     १६ बैसाख । स्थानीय तहको निर्वाचनमा विद्रोही उम्मेदवारी दर्ता गर्नेलाई नेपाली कांग्रेसले स्वतः पार्टीबाट निष्कासन गर्ने भएको छ। 
    उमेदवारसहित उसको प्रस्तावक र समर्थक समेतलाई पार्टी अनुशासन उलंघन गरेको आरोपमा स्वतः निस्कासन गर्ने कांग्रेसले जनाएको हो । 

    images


    पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गराउनेलाई शुक्रबार ५ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन पार्टीले शुक्रबार विहान विज्ञप्ती प्रकाशन गर्दै आग्रह गरेको हो । 


    मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।

    तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तीमा उल्लेख गरेको छ ।

    c1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology