Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न माग

मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७९ शनिवार • १०:१३:३८ बजे
  • 541
    SHARES
  • मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न माग

    काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् ।

    images

    एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले एक सार्वजनिक कार्यक्रममा प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।

    ‘उनीहरुले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‍यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ ।’

    स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघसंस्थाले बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology